
-एसपी उप्रेती
विगत करिब २ वर्षदेखि विश्वले कोरोनाभाइरसको महामारी भोगिरहेको छ । नेपालले पनि त्यसको ठूलै सामना गरिरहनु परेको छ । विश्वका विभिन्न मुलुकहरुले कोभिड १९ विरुद्धको खोप आविष्कार गरेपछि भने केही सहज हुन थालेको महसुस गरिएको छ ।
यद्यपि खोपको प्रभावकारीताका बारेमा समेत विभिन्न अध्ययनहरु भइ नै रहेका छन् । त्यही तथ्यलाई ध्यानमा राखेर होला विज्ञहरुले दुवै डोज खोप लगाइसकेकालाई पनि नियमित र अनिवार्य रुपमा मास्क लगाउन, नियमित हात धुन तथा स्यानिटाइजर प्रयोग गर्न सुझाव दिइरहेका छन् ।
त्यस्तै, भीडभाडमा नजाने वा जाँदा पनि स्वास्थ्य मापदण्ड अपनाएर जानलाई भनिरहेका छन् । त्यसैले, नेपालीहरुको महान पर्व विजया दशमीको उपलक्ष्यमा नेपालीहरुले टीका ग्रहण गर्न मान्यजनकोमा आउने जाने गर्दछन् ।
जुन क्रममा विशेषगरी वृद्धवृद्धा र बालबालिकाहरुलाई विशेष ध्यान दिनुपर्ने हुन्छ । तसर्थ घरमै पनि टीका लगाइदिँदा तथा आफूले ग्रहण गर्दा मास्कको प्रयोग गर्ने कुरा सम्झिनै पर्दछ ।
त्यस्तै, भौतिक दुरी कायम गरेर कुराकानी गर्न सकिए झनै उत्तम हुनेछ । खैर जे होस् संक्रमण घटेको हो हटेको होइन भन्ने तथ्यलाई भने हामी सबैले गहिरिएर बुझ्न आवश्यक छ ।
त्यस्तै, अर्को कुरा विभिन्न स्थानमा यात्रा गर्नुपर्ने हुन्छ । सबैलाई हतार पनि हुने गर्दछ । तर साधारण सतर्कताले अप्रिय दुर्घटना लगायत घटना हुनबाट जोगिन सकिन्छ ।
जसका लागि आफू सानो साधन वा गाडी जेमा यात्रा गर्दा पनि आफू सचेत हुन जरुरी छ । त्यस्तै, सवारीको अवस्था चेकजाँच पनि नियमित गर्नु अति आवश्यक हुन्छ । धैर्य भएर यात्रा गरियो भने दुःखद घटना हुनबाट जोगाउन सकिन्छ ।
तसर्थ दशैँलाई सम्पूर्ण रुपले मजा बनाऔँ, दशा नबनाऔँ ।












प्रतिक्रिया