४ कार्तिक २०८३, बुधबार

नयाँ वर्षको आगमनमा समृद्ध समाजको शुभकामना आदानप्रदान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

samrida-samaj-shubakamana

काठमाडौं, २९ चैत । समृद्ध समाज, पासीकोटले नयाँवर्ष २०७२ सालको उपलक्ष्यमा राजधानीमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. युवराज खतिवडाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विविध सामाजिक तथा चेतना मुलक कार्य गर्ने उद्देश्यले स्थानीय सामाजिक व्यक्तित्वहरुको राय, सल्लाह, सुझाव र अगुवाईमा संस्था स्थापना भएको अध्यक्ष लीलाधर सापकोटाले बताउनुभयो ।

samrida-samaj-shubakamana-3‘संस्था स्थापनाको सदर उसको कामको परिणामले हुने भएकोले आउने दिनमा हेर्न जाउँ है पासीकोट भन्न पाउँ, त्यसैले यो ठाउलाई तपाइहरुले भन्नुभए जस्तै नमूना बनाउनुस्, यो तपाइहरुलाई ठूलो जिम्मेवारी हो, यो स्थानको सम्भाव्यता यहाँ तपाइहरुबाटै प्रकट भइसकेको छ, नयाँवर्षको शुभकामनासँगै तपाइहरुको सामाजिक अग्रसरताको लागि शुभकामना’ प्रमुखअतिथी डा. खतिवडाले भन्नुभयो ।

samrida-samaj-shubakamana-2कार्यक्रममा ‘सबै विषय र क्षेत्रका प्रभावशाली व्यक्तित्वहरुको बसोबास रहेको र बाक्लो मानव वस्तीको स्वरूपमा बिस्तार भइरहेको पासीकोट विकास र पूर्वाधारको पहुँचमा भने काठमाडौं भूगोल भइकन यो स्थानपाखा परेको छ । यहाँभित्र प्रकट हुन नसकेका स्थानीय स्रोत मात्रै परिचालित हुन सकियो भने समृद्धि धेरै टाढा छैन ।’ संस्थाकी सचिव अनिता लामाले भन्नुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
समाजको तर्फबाट छिटै नै आगामी कार्यक्रमका रूपमा बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ का सबै घरधुरीको संख्या, जनसांख्यिक विवरणको तथ्यांक संकलन गर्ने र सबै परिवारलाई यस कार्यमा सहयोग गर्न आव्हान गरिएको थियो । कार्यक्रममा असंख्य स्थानीयहरुको उपस्थिति थियो ।

samrida-samaj-shubakamana-1