
काठमाडौँ, २७ असोज । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मुगु र कास्कीमा भएको सडक दुर्घटना प्रति दुःख व्यक्त गरेका छन् ।
एक विज्ञप्तिमार्फत उनले दुई दिनको अन्तरालमा दशैँको मुखमा भएको दुर्घटनामा गहिरो दुःख व्यक्त गरेका हुन् ।
नेपालीहरुको महान् चाड दशैँ मनाउन गाउँ फर्किरहेका ३२ जना मुगु निवासीहरुको दशैँको फुलपातिको दिन दुर्घटनामा निधन भएको र दशैँ विदामा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गइरहेका काठमाडौंका विद्यार्थीसहित ८ जनाको असोज २५ गते कास्कीमा सडक दुर्घटनामा निधन भएकोमा उपराष्ट्रपति स्तब्ध रहेको प्रेस नोटमा उल्लेख छ ।
उनले दुवै दुर्घटनामा निधन हुनुभएकाहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छनु । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उचित उपचारका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनले बढ्दो सडक दुर्घटनाप्रति गम्भीर चिन्ता पनि व्यक्त गरेका छन् । उनले मुगु लगायतका पछिल्ला सडक दुर्घटनाको उचित छानवीन गरी सो छानवीन प्रतिवेदनका आधारमा सडक दुर्घटना न्यूनीकरणको योजना बनाएर कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण समेत गराएका छन् ।












प्रतिक्रिया