
काठमाडौँ, २६ असोज । मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।
दुर्घटनामा २४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने ४ जनाको अस्पताल लैजान ताल्चा विमानस्थल पुर्याउने क्रममा र थप ४ जनाको उपचारका क्रममा मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ जना पुगेको छ ।
मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन् । नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको प्रहिले जनाएको छ ।
३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको प्रहरीले बताएको छ ।
मंगलबार नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी गइरहेको भे १ ख ३१६७ नम्बरको बस दुर्घटना भएको हो ।
बस दिउँसो १ बजे छायाँनाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करिब ३ सय मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।












प्रतिक्रिया