४ कार्तिक २०८३, बुधबार

३ महिनामा १० मानवअधिकार हननका घट्ना, ९ घट्नामा महिला पीडित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Insec-pic– कालु बोहरा
अछाम २८ चैत । अछाममा पछिल्ला ३ महिनामा महिलामाथि नै मानव अधिकार हननका घट्ना बढी हुने गरेको एक तथ्यांक सार्वजनिक भएको छ । ईन्सेकले आयोजना गरेको नेपाल वर्षपुस्तक २०१६ को त्रैमासिक समिक्षा कार्यक्रममा उक्त तथ्यांक सार्वजनिक भएको हो ।

सन २०१५ को जनवरी, फेबु्रअरी र मार्च महिनामा भएका बिभिन्न १० वटा मानवअधिकार हननका घट्नामध्ये ९ घट्नामा महिलाहरु पीडित रहेको पाईएको छ ।

ईन्सेकले सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्ला ३ महिनामा अछाममा ३ वटा जवरजस्तीकरणी, २ सम्वन्ध बिच्छेदका, कर्तब्य ज्यानसम्बन्धी १, सार्वजनिक अपराध १, मानव बेचबिखन १, बालबिवाह १ गरी १० वटा घट्ना घटेको उल्लेख छ ।

यि मध्ये कर्तब्य ज्यान सम्वन्धी एक घट्ना बाहेक सबैमा महिलाहरु पीडित रहेको ईन्सेकले सार्वजनिक गरेको अभिलेखमा उल्लेख छ । जिल्ला बार ईकाई अछामका अध्यक्ष कृष्णप्रसाद ढुंगानाको अध्यक्षतामा भएको त्रैमासिक समिक्षा कार्यक्रममा अछामका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द शर्मा भुषालले सरकारी निकायले मानवअधिकारको रक्षा गर्नुपर्ने बताए ।

उनले मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजले पनि कही कतै मानव अधिकार हननका घट्ना भएमा सुसुचित पार्न अग्रसर हुनुपर्ने बताए । भुषालले आगामी दिनमा मानव अधिकार हननका घट्ना हुन नदिन र न्यूनिकरण गर्नका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने भनाई राखेका छन् ।

कार्यक्रममा सहभागी मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाज, सरकारी निकायका प्रतिनिधी सबैले छुटेका घटनाहरुलाई पनि समाबेश गर्न तथा पीडितलाई न्याय दिने खालको तथ्य प्रकाशित गर्न सुझाब समेत दिएका छन् ।

समिक्षा कार्यक्रममा जिल्ला स्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी निकायका प्रतिनिधी, मानव अधिकारकर्मी, नागरिक संगठनका प्रमुख प्रतिनिधीहरु, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमका सहभागी सबैले अछाममा मानव अधिकार हननका घट्नामा बृद्धि भईरहेको भन्दै चिन्ता ब्यक्त गरेका थिए ।