
काठमाडौँ, २६ असोज । इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ ।
विभिन्न कारणले ढिलो भएको प्रक्रिया अब सुरु भएको हो । इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो ।
वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो ।
नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमध्ये १ हजार १७५ जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो ।












प्रतिक्रिया