४ कार्तिक २०८३, बुधबार

बर्दियाको राजापुर नगरपालिका खुला दिशामुक्त घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bardiya-odf-3

– यज्ञप्रसाद सापकोटा
बर्दिया, २८ चैत । बर्दियाको राजापुर नगरपालिका खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएको छ । गाविसमा रहेका १० हजार ९ सय २६ घरधुरीहरु मध्ये सम्पुर्ण घरधुरीमा शौचालय निर्माण भईसकेपछि आज खुल्ला दिशामुक्त क्षेत्र घोषणा भएको हो ।

बर्दिया जिल्लामा आगामी बैशाख महिना भित्र खुल्ला दिशा मुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य सहित जिल्लाको सरसफाई अभियानले तिव्रता पाएको छ । सोही अनुरुप राजापुर नगरपालिकाले पनि तिव्र रुपमासरसफाई अभियान चलाएको थियो ।

bardiya-odfराजापुर नगरपालिकाका १९ वडा नै खुल्ला दिशा मुक्त क्षेत्र घोषणा भएपछि जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको अनुमतिमा खुल्ला दिशा मु्क्त भएको हो ।

बर्दिया जिल्लामा हाल सम्म २० वटा गाविस मध्ये सबै र ४ ओटा नगरपालिका मध्ये ताराताल सानोश्री र राजापुर गरी २ वटा नगरपालिका खुल्ला दिशा मुक्त घोषणा भईसकेको छ ।

बाँसगढी नगरपालिका भोली आईतबार घोषणा हुने छ भने गुलरिया नगरपालिका आगामी बैशाखको पहिलो सातामा खुल्ला दिसा मुक्त क्षेत्र घोषणा हुने तयारीमा छ । बर्दिया जिल्ला आगमी बैशाख महिना भित्र तराईकै पहिलो जिल्लाको रुपमा खुल्ला दिशा मुक्त गरीने खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति बर्दियाका सदस्य सचिव अर्जुन कुमार बमले बताए ।

bardiya-odf-1  bardiya-odf-4