८ कार्तिक २०८३, आइतबार

महिलामाथि करणी गरेको अभियोगमा पक्राउ

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

ललितपुर, २५ असोज । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती महिलालाई घर बनाउने काम दिलाएको सत्यालले खाना बनाउने ठाउँमा आई एक्कासी जबरजस्ती करणी गरेको भन्ने खबर महानगरीय प्रहरी वृत्त चापागाउँमा प्राप्त हुनासाथ प्रहरी चौकी टिकाभैरवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।