८ कार्तिक २०८३, आइतबार

हिरासत कक्षको शौचालयमा थुनुवाको शव फेला

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २५ असोज । इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा एक थुनुवाको मृत्यु भएको छ ।

सुर्खेत चौकुने गाउँपालिका–३, बेतान बस्ने वर्ष ३५ का धनबहादुर रानाको हिरासत कक्षकै शौचालयमा शव फेला परेको हो ।

आइतबार कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुर निवासी पुलुराम थारुको भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक उक्त चोरी गरेको भैंसीसहित धनबहादुर रानालाई फेला पारेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भैंसी धनीले धनबहादुर उपर आवश्यक कारबाही गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन दिएका थिए ।

सोही क्रममा धनबहादुरलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा राखिएकोमा सोमबार बिहान अन्दाजी ६ बजेको समयमा धन बहादुर राना सोही कार्यालयको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।