४ मंसिर २०८३, शुक्रबार

पर्शुराम खलकुद विकास बोर्डको सदस्य सचिवमा नियुक्त

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २५ असोज । मुख्यमन्त्री भीम आचार्यले महत्वपूर्ण स्थानमा राजनीतिक नियुक्ति गरेका छन् ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकबाट महत्वपूर्ण राजनीतिक नियुक्ती गरेका हुन् । मन्त्रिपरिषद बैठकले प्रदेश १ को खेलकुद विकास बोर्डको सदस्य सचिवमा गुण्डा नाइकेका नामल परिचित कृष्ण बस्नेत ‘पर्शुराम’लाई नियुक्त गरेको हो ।

भदौ २५ गते बस्नेतले सम्पती शुद्धीकरण मुद्दामा सर्वोच्च अदालतबाट सफाइ पाएका थिए । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई प्रदेश १ को खेलकुद विकास बोर्ड सदस्यको जिम्मेवारी दिएको सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले जानकारी दिए ।