१९ कार्तिक २०८३, बिहिबार

बर्दियमा हात्तीको आक्रमणबाट एक पुरुषको मृत्यु

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बर्दिया, २४ असोज । गेरुवास्थित कर्णाली नदी किनारा खैरी बस्ने एकजनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा ३५ वर्षीय बेचन दहित रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले बताए ।

राजापुर नगरपालिका–१० कोठियाघाटबाट एक किलोमिटर टाढा रहेको बाटोमा दहितलाई शनिबार राति घर फर्किँदै गर्दा हात्तीले आक्रमण गरेको र उनको शव आज बिहान फेला परेको उपरीक्षक शाहीले जानकारी दिए । –रासस