४ मंसिर २०८३, शुक्रबार

बर्दियामा हात्तीको आक्रमणबाट दहितको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

बर्दिया । बर्दिया जिल्लाको गेरुवा–कर्णाली नदी किनारमा जंगली हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

राजापुर नगरपालिका– १० झप्तीस्थित गेरुवा कर्णाली नदी किनाराको बाटोमा दक्षिण खैरी बस्ने ३५ वर्षीय बेचन दहितलाई आइतबार बिहान हात्तीले आक्रमण गर्दा मृत्यु भएको बर्दिया प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

घरदेखि अन्दाजी १ किलोमिटर पूर्वतर्फ जंगली हात्तीले आक्रमण गरेको थियो ।