काठमाडौं, २४ असोज । मन्त्रीको शपथ लिएपछि चौतर्फी आलोचना भएका कारण नेपाली कांग्रेस बाँकेका पूर्वसभापति समेत रहेका गजेन्द्र हमालले मन्त्री पदबाट राजीनामा दिने भएको छ ।
दैनिक नेपालसँग आइतबार बिहान कुरा गर्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हमालले मन्त्री पदबाट राजीनामा दिन लागेको बताए ।
‘मैले स्वविवेकले मन्त्री पदबाट राजीनामा दिने मनस्थिति बनाएको छ । मेरा कारण प्रधानमन्त्री शेरबहादुर देउवा, मेरो पार्टी नेपाली कांग्रेस र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई अपर पर्नु हुँदैन । मेरो नाम जोडिएर आएका समाचार र बदनामीलाई तोड्न मैले राजीनामा दिन लागेको छु’, मन्त्री हमालले भनेका छन् ।
राजीनामा दिने बारेमा मन्त्री हमालले प्रधानमन्त्री देउवासँग कराकानी गरेका छन् । ‘प्रधानमन्त्री देउवाले मलाई तपाईलाई मन्त्री कांग्रेसले बनाएको हो, राजीनामा नदिनुस् भनेर भन्नुभएको छ’, हमालले भनेका छन् ।
राजीनामा पत्र बुझाउन हमालले देउवासँग समय माग गरेका छन् । सम्भवत ११ बजेसम्म राजीनामा दिने उनले बताएका छन् ।











प्रतिक्रिया