
-वि वि श्रेष्ठ
दमौली, २३ असोज । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ किसान ले जनताको चाहना वमोजिम काम गर्ने बताए ।
आफुले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्दे प्रतिनिधिसभा जोगाउनका लागी एकीकृत समाजवादीमा लागेको बताए ।
जनताले ५ वर्ष सम्मका लागी काम गर्नका लागी जिताएर पठाएको भएता पनि ओली सरकारले पटक पटक सासंद विघटन गरेर जनमतको अपमान गरेको बताए । दुई तिहाईको सरकार हुदाँहुदै दम्भका कारण सरकार वाहिरन परेको हुँदा त्यस व्यवस्थालाई जोगाउनका लागि फलोरक्रस गरेको बताए ।
आफूलाई गद्धार भन्नेहरु आफनै अध्यक्षविरुद्ध सरकार ढाल्नका लागी सर्वोच्च अदालत धाउनेहरु गद्धार नहुने तर आफुले व्यवस्था जोगाउन फलोर क्रस गर्दा गद्धार हुनेहरुलाई आफनो अनुहार हेर्न अनुरोध गरे ।
दश भाईहरुले सवैभन्दा गाली गर्ने ओलीलाई पुन पदका लोभमा अध्यक्ष मानेर पुन एमालेमा रहनेहरु नै गद्धार भएको वहाँको दावी थियो । पदका लागी मुख्यमन्त्री खानेहरु विगतका अभिव्यक्ति हेर्न आग्रह गरे ।
जसले पार्टी फुटाल्न महत्वपुर्ण भुमिका खेले, उनीहरु गद्धार नहुने, आफूले सासंद जोगाउन फलोर क्रस गर्दा कसरी गद्धार हुन्छ, उनको प्रश्न थियो ।
फरक प्रसंगमा मन्त्री श्रेष्ठले म्यानपावरमा देखिएको समस्या समाधानमा आफुले भुमिका खेल्ने वताए । श्रमको उचित सम्मान हुनुपर्ने उनले वताए । वैदेशिक रोजगारीमा भएको वेथिती विरुद्ध आफुले कदम चाल्ने वताए ।
मन्त्रीको लोभले पार्टी परिवर्तन गरेको नभई तनहुँका जनताको मतका सम्मानका लागी समाजवादीमा लागेको बताए । जनताको मतको सधै कदर गर्दे आफुले काम गर्ने पनि बताए । नेकपा एकीकृत अव गण्डकी प्रदेशमा नै शक्तिको रुपमा उदाउने समेत मन्त्री श्रेष्ठले वताए ।
पार्टी विधि र विधान मन्त्री भएर जिल्ला पहिलो पटक प्रवेश गरेको मन्त्री श्रेष्ठले जिल्ला पार्टी कमिटीले आयोजना गरेको वृहत जिल्ला भेला तथा शुभकामना आदान प्रदान कार्यक्रममा सो कुरा वताएका हुन् ।
जिल्ला अध्यक्ष शंकर नारायण श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठ लगायतका नेताहरुले धारणा राखेका थिए ।













प्रतिक्रिया