१३ कार्तिक २०८३, शुक्रबार

जनमोर्चा केन्द्रीय सदस्य र राप्रपा जिल्ला उपाध्यक्षसहित २ सय ९१ जना एमाले प्रवेश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CPN_Uml_Building

भक्तपुर, २९ चैत । जनमोर्चा नेपालका केन्द्रीय सदस्य र राष्ट्रिय प्रजातन्त्र पार्टी भक्तपुरका उपाध्यक्षसहित सयौँ एमालेमा प्रवेश गरेका छन् ।

भक्तपुरमा शनिबार एक कार्यक्रमका बीच जनमोचाका केन्द्रीय सदस्य रामराजा मगराती, क्षेत्रीय व्यूरो सदस्य दिपेन्द्र सार्की, सनोज बयलकोटी लगायत १ सय ५१ जना एमालेका प्रवेश गरेका हुन् ।

यसैगरी, राप्रपा भक्तपुर जिल्ला कार्यसमितिका उपाध्यक्ष चन्दनकृष्ण श्रेष्ठ, कोषाध्यक्ष मनकराम थापा, सदस्य राजकुमार सिलवाल, कमलप्रसाद तिमिल्सिना, पूर्व क्षेत्रीय उपाध्यक्ष कृष्णचरण श्रेष्ठ, सुन्दरलाल श्रेष्ठ र अधिवक्ता लक्ष्मीप्रसाद धुकासहित १ सय ४० एमालेमा प्रवेश गरेका छन् ।

नवप्रवेशीलाई एमाले उपाध्यक्ष विद्यादेवी भेण्डारीले टीका तथा खादा लगाएर स्वागत गरेकी छिन् ।