
सुर्खेत, २३ असोज । दैलेखको नारायण नगरपालिका –४ की पूजा कटुवालकी साढे २ वर्षकी छोरी (बालिका) कुसुम कटुवालको गएराती कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएपछि तनाव भएको छ ।
डाक्टरहरुको लापरबाहीका कारण बालिकाको मृत्यु भएको भन्दै पीडित पक्ष आन्दोलित भएका हुन् ।
बालिका मृत्यु भएको विषयमा उचित छानविनको माग गर्दै पीडित पक्षले आन्दोलन गरेको हो ।
परिवार पक्षले खासै समस्या नभएकी बालिकाको एक्कासि कसरी मृत्यु भयो भनेर प्रश्न गरेका छन् । उनीहरुले घटनाको उचित छानविन हुनुपर्ने माग गरेका छन् ।












प्रतिक्रिया