१९ कार्तिक २०८३, बिहिबार

मन्त्रिपरिषद विस्तारपछि जसपामा विवाद, ठाउँ ठाउँमा उपेन्द्र यादवको पुत्ला दहन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २३ असोज । मन्त्रिपरिषद विस्तारपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल भित्रको विवाद सतहमा आएको छ ।

मन्त्रिपरिषद विस्तारपछि देखिएको विवाद सडकसम्म पुगेको छ ।

पर्साबाट चुनाव जितेका प्रदीप यादवलाई मन्त्री नबनाएको भन्दै कार्यकर्ताहरुले पर्सामा सडक प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुत्ला पनि जलाइएको छ ।

असन्तुष्ट नेता कार्यकर्ताहरूले पार्टी कार्यालयको साइनबोर्ड र पार्टीको झण्डा पनि जलाएका छन् । शनिबार अध्यक्ष यादवको विरुद्धमा पर्सामा मोटरसाइकल र्याली निकालिएको छ ।

प्रदर्शनकारीहरूले उनको विरोधमा चर्का नाराबाजी गरेका छन् । उनीहरुले अध्यक्ष यादवलाई पर्सामा निषेध गर्ने घोषणा गरेका छन् । प्रदर्शनकारीहरुले यदि अध्यक्ष यादवले मन्त्री छनोट गरेको नरोकिए स्थिति भयाभह हुने सम्मको चेतावनी समेत दिएका छन् ।

प्रदर्शनमा सांसद प्रदीप यादवले जनाधार र योगदानको कदर गर्नबाट नेतृत्व गम्भीर रुपमा चुकेको र पर्सालाई अन्याय भएको आरोप लगाए । उनले भने, ‘पर्सामाथि अन्याय भएको छ, त्यसको नतिजा पार्टीका शीर्ष नेतृत्वले भोग्नुपर्छ ।’

उता, सर्लाहीबाट चुनाव जितेका प्रमोद साह पनि अगामी कदमबारे आफु निकट नेता तथा कार्यकर्ताहरूसँग सल्लाह गरिरहेका छन् । जसपाबाट मन्त्री बन्ने तयारीमा रहेका प्रमोद साहको नाम अन्तिम समयमा हटाइएको थियो ।