
काठमाडौँ, २३ असोज । कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालमा उच्च रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ ।
वेदकोट नगरपालिका–९ की २४ वर्षीया भागरथी साउद धामीको मृत्यु भएको हो ।
उनलाई सुत्केरी व्यथा लागेपछि अस्पताल भर्ना गरिएको र शिशु जन्माएपछि उच्च रक्तश्रावका कारण धामीको मृत्युु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरिकुमार श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार महिलाको सालसमेत अड्किएको थियो । उनलाई अक्सिजन सपोर्टमा समेत राखिएको तर बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
धामीबाट जन्मिएको शिशुको अवस्था भने समान्य रहेको अस्पतालले जनाएको छ ।
उता मृतकका आफन्तले भने डाक्टरको लापरबाहीका कारण मृत्यु भएको भन्दै कारवाहीको माग समेत गरेका छन् ।












प्रतिक्रिया