१९ कार्तिक २०८३, बिहिबार

दशैँका लागि सरकारले सस्तो मूल्यमा खसीबोका बेच्दै

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौँ, २३ असोज । सरकारले दशैँ लक्षित खसी बोकाको बिक्री सुरु गरेको छ ।

थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत खसीबोकाको बिक्री गर्न थालिएको हो ।

कम्पनीले यस दशैँमा २ हजार खसीबोकाको बिक्री गरिने जनाएको छ । जसमध्ये एक हजार वटा काठमाडौँ आइपुगेको जनाइएको छ ।

कम्पनीले प्रतिकिलो ६४० रुपैयाँमा खसीबोका बिक्री गर्दै छ । प्रतिकिलो ६५० रुपैयाँ पर्ने जिउँदो खसीबोकाको मूल्यमा १० रुपैयाँ सहुलियत दिँदै ६४० रुपैयाँमा बेच्न थालिएको हो ।