१३ कार्तिक २०८३, शुक्रबार

अनुगमनमा खट्टिएका कर्मचारी मदिरा पार्टीमा मस्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raksiतनहुँ, २९ चैत । औषधि पसल अनुगमन गर्न औषधि व्यवस्था विभागबाट खटिएका कर्मचारी पसले र व्यवसायीले दिएको मदिरा पार्टीमा मस्त भएको पाइएको छ।

दमौलीका औषधि पसल अनुगमनका लागि आएका कर्मचारीले अनुगमनको अघिल्लो रात बिहीबार औषधि व्यवसायीसँग बसेर भोज खाएका छन्।

अनुगमनमा आएका कर्मचारीलाई व्यवसायीहरूले मदिरासहितको भोज दिएको सूचना पाएपछि जिल्ला प्रशासन कार्यालयले सत्यतथ्य बुझ्न प्रहरी टोली खटाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

टोलीले विभागका मेडिकल अधिकृत पदमप्रसाद पौडेल र भूपेन्द्र पौडेललाई औषधि व्यवसायी खेम थापा, दयाराज पाण्डे र दामोदर भण्डारीसँग बसेर होटेलमा मदिरा सेवन गरिरहेको अवस्थामा भेट्टाएको थियो।

स्रोतका अनुसार औषधि पसल शनिबार अनुगमन गर्ने तयारीसहित विभागका कर्मचारी शुक्रबार राति दमौली बास बस्न आएका थिए। दमौली आएको खबर ती कर्मचारीले केही व्यवसायीलाई गरेका थिए।

खबर पाएपछि थापा मेडिकलका थापा, विश्वास मेडिकलका पाण्डे र निष्ठा फार्मेसीका भण्डारी कर्मचारीलाई भेट्न उनीहरू बसेको गण्डकी रिभर भ्यु होटेल पुगेका थिए।

सामान्यतया अनुगमनको सूचना अनुगमनमा खटिने सम्बन्धित कार्यालय प्रशासन र कर्मचारीबाहेक अरूलाई दिन मिल्दैन।

अनुगमन गर्नुपहिले नै त्यसको खबर अनुगमनको सूचीमा रहेका औषधि पसलेलाई दिनुले यसमा ठूलै आर्थिक खेलोफड्को भएको आशंका गरिएको जिल्ला प्रशासका एक कर्मचारीले बताए।