४ मंसिर २०८३, शुक्रबार

हमाल कांग्रेसको कोटामा मन्त्री बनेको दाबी, सरकारको प्रवक्तामा कार्की नियुक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । सरकारका प्रवक्तामा सञ्चार तथा सूचना, प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई तोकिएको छ ।

शुक्रवार बेलुकी सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सञ्चारमन्त्री कार्कीलाई सरकारका प्रवक्ता तोक्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउने सम्बन्धी मापदण्ड २०७८ लाई स्वीकृत गर्ने र मन्त्रिपरिषद्का समितिहरूलाई पुनर्गठन गर्ने निर्णय पनि गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमाललाई नेपाली कांग्रेसको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवाले नियुक्त गरेको बताएका छन् ।

उनले नवनियुक्त मन्त्री हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासँग जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको बताएका छन् ।

प्रवक्ता कार्कीले हमालले नेपालको लोकतान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् ।