८ कार्तिक २०८३, आइतबार

माओवादीका यी ‘कथित’ आदर्शवादी नेताले पत्नीलाई मन्त्री बनाए, खुसीमा खसी ढल्यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ असोज । माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले आफ्नी पत्नीलाई मन्त्री बनाएर रेकर्ड राखेका छन् ।

शुक्रबार बिस्तार भएको मन्त्रिपरिषदमा पोखरेलकी पत्नी शशि श्रेष्ठलाई भूमि, व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बनाएका हुन् ।

माओवादी हुनुभन्दा अगाडि उनी तत्कालीन राष्ट्रिय जनमोर्चा नेपालमा थिइन् ।

माओवादीमा श्रेष्ठ अवसर पाउने महिलामा अगाडि छिन् । समानुपातिक सांसद बनेकी श्रेष्ठ प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति समेत थिइन् ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठसँग निकट रहेका पोखरेलले पत्नीलाई मन्त्री बनाउन जोडजुलुम गरेको चर्चा छ ।

प्यूठान जिल्ला घर भएपनि पोखरेल सिन्धुली जिल्लाबाट निर्वाचनमा उम्मेदवार बनेका थिए । उनकी पत्नी श्रेष्ठले काठमाडौंमा राजनीति गर्छिन् ।

यस अगाडि एमालेका नेता रामबहादुर थापाले पनि आफ्नी पत्नी नैनकला थापालाई मन्त्री बनाएका थिए ।

आदर्श र ढोँगी कुरा गर्ने नेताहरूले अवसर पाउँदा आफ्नी पत्नीलाई सांसद र मन्त्री बनाउने गर्छन् ।

कथित आदर्शवादी माओवादी नेता पोखरेलले पत्नीलाई मन्त्री बनाएपछि खुसी साट्न खसी ढालेर खाएको चर्चा सामाजिक सञ्जालमा छ ।