१९ कार्तिक २०८३, बिहिबार

देउवाले लोकतन्त्र समाप्त पार्न खोजेः शेखर कोइराला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २२ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्न खोजेको बताएका छन ।

मन्मिण्डल विस्तार गर्न लागेको मन्त्रिपरिषमा प्रधानन्यायाधीशलाई भाग दिएर लोकतन्त्र, प्रजातन्त्र समाप्त पार्ने खेल गरिरहेको नेता कोइरालो जनाएका हुन् ।

उनले शुक्रवार कुरा गर्दै उनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मन्त्रिपरिषद्मा भाग दिए शक्ति सन्तुलनको सिद्धान्त बिग्रने र त्यसको प्रभाव लोकतन्त्र र प्रजातन्त्रमा पर्ने बताए ।

प्रधानन्यायाधीशलाई मन्त्रिमण्डलमा हिस्सा दिँदा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाबीचको सन्तुलन समाप्त भएर जाने उनको भनाइ छ ।