
काठमाडौँ, २२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएके छ ।
शुक्रबार नै मन्त्रिपरिषद विस्तारका विषयमा उनीहरुबीच भेटवार्ता भएको हो । नयाँ मन्त्रीहरुको सपथ ग्रहण कसरी गराउनेबारे छलफल गर्न प्रधानमन्त्री देउवा शीतल निवास पुगेका बताइएको छ ।
हाल सपथबारे कुनै कानुन बनिनसकेको र अध्यादेश खारेज भएकाले के कसरी सपथ गराउनेबारे सकस छ ।
शीतल निवास स्रोतले भने परम्पराअनुसार नै सपथ ग्रहण गराउने तयारी गरेको बुझिएको छ ।
आजै ४ बजे नयाँ मन्त्रीहरुलाई सपथ ग्रहण गराउने तयारी रहे पनि हालसम्म मन्त्री बन्नेहरुको सूची तयार भने भइसकेको छैन । तर सत्तारुढ दलहरु आन्तरिक तयारीमा रहेको बताइएको छ ।












प्रतिक्रिया