काठमाडौँ । सातौँ गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति डा रामवरण यादवले देशका विभिन्न कारगारमा सजाय भोगी रहेका १५५ जनाको बाँकी कैद मिनाहा गर्नुभएको छ ।
नेपालको अन्तरिम संविधान, २०६३ को धारा १५१ बमोजिम राष्ट्रपतिले उनीहरूलाई कारगार मुक्त गर्न मन्त्रिपरिषद्ले गरेको सिफारिस सदर गर्नुभएको हो ।
मन्त्रिपरिषद्को बुधबार राति प्रधानमन्त्री निवासमा भएको बैठकले असल चालचलन एवम् व्यवहार प्रदर्शन गर्ने ती कैदीको बाँकी सजाय माफी गर्ने निर्णय गरेको थियो ।
बुधबार राति गृह मन्त्रालयले राष्ट्रपतिसमक्ष सजाय माफीकासिफारिस प्रस्तुत गरेको हो । मन्त्रिपरिषद्को हिजै बसेको बैठकले राष्ट्रिय जीवनमा उल्लेखनीय योगदान गरेका समाजका विभिन्न वर्गका व्यक्तिलाई मानपदवी प्रदान गर्न पनि राष्ट्रपतिलाई सिफारिस गरेको छ ।
















प्रतिक्रिया