४ मंसिर २०८३, शुक्रबार

नेकपा एसका नेता खापुङद्वारा राज्यमन्त्री अस्वीकार

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । नेकपा (एकीकृत समाजवादी) सांसद भवानीप्रसाद खापुङले राज्यमन्त्री अस्वीकार गर्ने भएका छन् ।

एकीकृत समाजवादीले गठबन्धनको भागबण्डा मिलाउँदा चार मन्त्रालय मात्र पाउने भएपछि खापुङलाई राज्यमन्त्री बनाउने तयारी थियो ।

खापुङले राज्यमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार​को स्रोतले जनाएको छ ।

खापुङलाई मनाउने प्रयास जारी रहेको छ । खापुङले भने आफूलाई राज्यमन्त्रीको प्रस्ताव पनि नआएको निकटस्थलाई बताएका छन् ।