काठमाडौं, २२ असोज । प्रमुख विपक्षी दल एमालेका युवा नेता विदुरप्रसाद घिमिरेले गोदावरी विधान महाधिवेशनले नयाँ उर्जा थपेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत नेता घिमिरेले आगामी निर्वाचनमा एमालेलाई ठूलो पार्टी बन्नबाट कसैले रोक्न नसक्ने बताए । ‘गोदावरीको विधान महाधिवेशनले एमालेलाई ठूलो उर्जा दिएको छ । यो उर्जाबाट हामी नेता कार्यकर्ता गाउँमा गएर संगठन गर्नेछौँ’, उनले भने, ‘एमालेलाई अब ठूलो पार्टी बन्नबाट कसैले रोक्न सक्दैन ।’
एमालेभित्र केही नेताहरूले पार्टीलाई मागी खाने भाँडो बनाएको बताएका घिमिरेले भने, ‘केन्द्रीय नेताहरूलाई भेट्ने । ठूला गफ गर्ने । त्यसलाई मागी खाने भाँडो बनाउने केही नेताहरूको गतिविधिले एमालेलाई नोक्सानी भइरहेको छ ।’
एमालेले संसदमा गरिरहेको अबरोधका विषयमा युवा नेता घिमिरेले भने, ‘सभामुख अग्निप्रसाद सापकोटा माओवादीको नेता मात्रै देखिनुभयो । सबैको साझा सभामुख बन्न सक्नु भएन । उहाँलाई सभामुख पदमा बसिरहने अधिकार छैन । मार्गप्रसस्त गर्नुपर्छ ।’











प्रतिक्रिया