२ कार्तिक २०८३, सोमबार

बहराइनमा नेपाली कामदारले डेढ लाखसम्म तलब पाउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Khadi Ma Nepali Majdur Haru Kam Gardaiकाठमाडौं, २९ चैत । बहराइनले नेपाली कामदारलाई क्षमता र सीपअनुसार मासिक डेढ लाख रुपैयाँसम्म तलब दिने भएको छ ।

नेपाली कामदार इमान्दार भएकाले उनीहरुलाई बहराइनमा रोजगारीमा जान उत्प्रेरित गर्ने उद्देश्यले आकर्षक तलब सुविधा दिन बहराइन तयार भएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।

दक्ष कामदारलाई मासिक डेढ लाख तलब दिन बहराइनले लिखित समझदारी गरेको छ ।

बहराइनका श्रम बजार नियामक निकायका प्रमुख असमान अब्दुल्ला अलवासीले केही दिनअघि गरेको नेपाल भ्रमणका बेला दुवै देशबीच त्यहाँ जाने नेपाली कामदारलाई न्यूनतम तलबसुविधा दिने सहमतिमा हस्ताक्षर गरेका हुन् ।

यसअघि बहराइन जाने नेपाली कामदारको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको भए पनि कार्यान्वयन हुन सकेको थिएन ।

बहराइनले अबदेखि आफ्ना मुलुकका रोजगारदाताले तोकिएको तलब र सुविधा दिएनदिएका बारेमा सूक्ष्म अनुगमन गर्ने विश्वाससमेत नेपाललाई गराएको छ ।

अब अर्धदक्ष कामदारले पनि मासिक ४० हजार रुपैयाँ कमाउन सक्ने श्रम तथा रोजगार मन्त्रालयले जानकारी दिएको छ ।