४ मंसिर २०८३, शुक्रबार

रातारात मेटमणिको नाम मन्त्रीबाट हट्यो, यी हुन नेकपा एसका मन्त्रीहरू

3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले चार जना मन्त्रीहरूको नाम टुङ्गो लगाएको छ ।

स्रोतका अनुसार बिहीबार राति नेकपा एसले बिरोध खतिवडालाई शहरी विकास मन्त्री, रामकुमारी झाँक्रीलाई स्वास्थ्य तथा जनसंख्या, प्रेम आलेलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कृष्णकुमार श्रेष्ठ ‘किसान’ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा पठाउने निर्णय गरेको हो ।

मन्त्रीको सूचीबाट मेटमणि चौधरीको नाम अन्तिम समयमा आएर काटिएको छ । चौधरीलाई पर्यटन मन्त्रालय दिने चर्चा थियो ।

चौधरीले माधव नेपाललाई सबैभन्दा धेरै सहयोग गरेका थिए । चौधरीकै नाम काटिएपछि नेकपा एसभित्र खैलाबैला भएको छ ।