७ कार्तिक २०८३, शनिबार

ओपोद्वारा रायोट गेम्ससंग पार्टनरशिपको घोषणा

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ असोज । विश्वस्तरीय प्राविधिक ब्राण्ड ओपोले लिग अफ लेजेन्ड्स वर्ल्ड च्याम्पियनशिप २०२१ (एस११) को प्रायोजनका लागि रायोट गेम्ससंग पार्टनरशिपको घोषणा गरेको छ ।

यो पार्टनरशिप ओपोले सन् २०१९ देखि रायोट गेम्ससंग हस्ताक्षर गरेको बहुवर्षीय सम्झौताकै अंश हो । पार्टनरशिपले ओपोलाई विश्वभरका ईस्पोर्ट्स खेलाडीहरूमाझ आफ्नो ब्राण्डप्रतिको जागरुकता बढाउन सघाउने विज्ञप्तिमा उल्लेखछ ।

ओपोले फाइनल्समा अद्वितीय प्रदर्शनीमार्फत ब्याटग्राउण्डमा कब्जा जमाउन सफल खेलिडीहरूलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ ।

ओपोले आफ्ना दर्शक तथा श्रोतामाझ गेमिंग हाईलाइट्स तथा ब्यवसायिक खेलाडी तथा टिमहरूका अन्तरवार्तापनि प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र ब्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ ।