७ कार्तिक २०८३, शनिबार

एनएमबिका ग्राहकले अब सिजि इलेक्ट्रोनिक्सका सामानहरुमा ४० प्रतिशतसम्म छुट पाउने

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २० असोज । आउँदो बडा दशैँ, तिहार र छठ पर्वको अवसरमा एनएमबि बैंकले महा छुट अफर प्रस्तुत गरेको छ ।

यस घटस्थापनादेखि सिजि डिजिटल तथा एल.जी. शपी शोरुमहरुबाट एलजी, सीजी, गोद्रेज टीसीएल, सेन्सइ, केन्ट, एलिका र ब्ल्याक प्लस डेकोरको समानको खरिदमा एनएमबिको तर्फबाट २० प्रतिशतदेखि १,५०० रुपैयाँसम्मको क्यास ब्याक सुविधा र तत्काल छुटको रुपमा २०% सम्मको छुट पाउन सक्नेछन् ।

साथै आफ्ना ग्राहक तथा कर्मचारीहरुको लागी सिजि इलेक्ट्रोनिक्सका सामानहरु किस्ताबन्दीमा खरीद गर्न पाउने गरी सम्झौता गरेको छ ।

एनएमबि बैंकका क्रेडिट कार्ड प्रयोग कर्ताले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट आफुलाई आवश्यक पर्ने सामानहरु खरिद स्थलमै किस्ताबन्दीमा गर्न सक्नेछन् ।

यसको लागी ग्राहकले सि.जी. डिजिटल तथा एल.जी. शपी शोरुमबाट भुक्तानी गरी समान खरिद गर्नेछन र उक्त खरिद रकमलाई एनएमबि बैंकले इएमआईमा रुपान्तरण गर्नेछ ।

बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधाहरु ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ । छुट सम्बन्धि थप जानकारीको लागि अब [email protected]/[email protected] मा ईमेल गर्न सकिनेछ ।

एनएमबि बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।