
काठमाडौँ, २० असोज । मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन महेन्द्र नारायण निधि मेमोरियल अस्पतालसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले बसुन्धारामा रहेको महेन्द्र नारायण निधि मेमोरियल अस्पतालमा बेड चार्ज, डाएग्नोस्टिक–इन हाउस, र्फामेसी, प्रक्रियामा १० प्रतिशतसम्म छुट प्राप्तगर्न सक्नेछन् ।
बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्यजुनसुकै बैंकको एटीएम मेशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।















प्रतिक्रिया