३० आश्विन २०८३, शुक्रबार

काभ्रेमा ड्युटीमा खटिएका प्रहरी हवल्दार र जवानद्धारा तीन बालिका बलात्कृत

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-police– रामसुन्दर आचार्य

काभ्रे, २८ चैत । ड्युटीमा खटिएका नेपाल प्रहरीका हवल्दार र जवानले काभ्रेमा तीन जना बालिकालाई बलात्कार गरेका छन् ।

काभ्रेको पनौतीमा सञ्चालित सिविन शान्ति बालिका गृहका बालिकालाई ड्युटीमा खटिएका हवल्दार र जवानले गत बुधबार बलात्कार गरेको घटना शनिवार सार्वजनिक भएको हो ।

गत बुधबार गृहबाट वेपत्ता भनिएका राति १२ बजेतिर भागेर प्रहरी चौकी नजिकै पुगेका तीन जना युवतीलाई प्रहरी हवल्दार र जवानले संरक्षण दिने भन्दै बसपार्कमै बलात्कार गरेको स्रोतले जनाएको छ ।

बुधबार राति प्रहरी हवल्दार शम्भु राउत अहिर र प्रहरी जवान श्रीराम शाह काभ्रेको पनौती बसपार्क क्षेत्रमा सुरक्षा दिन खटिएका थिए ।

गृहबाट बेपत्ता भएका भनिएका बालिका बलात्कारमा परेको किटानी जाहेरी दर्ता भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रहरी हवल्दार राउत र प्रहरी जवान शाहलाई नियन्त्रणमा लिएर विभागीय कारवाही अगाडी बढाएको छ ।

आरोपी प्रहरी हवल्दार राउत र शाहलाई तत्कालै निलम्बन गरेर छानविन सुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । बालिकाहरु राति गृहबाट किन भागे ? तथा वेपत्ता कसरी भए ? भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

बलात्कृत बालिकालाई हाल सेफ हाउसमा राखिएको छ । प्रहरी हवल्दार राउत र प्रहरी जवान शाहले बालिकालाई डर धम्की देखाएर पालैपालो जबरजस्ती शारीरिक सम्पर्क राखेको प्रहरी स्रोतले जनाएको छ ।

काभ्रे प्रहरीले डिएसपीको नेतृत्वमा समिति बनाएर घटनाको अनुसन्धान गरिरहेको छ । यसविषयमा प्रहरी प्रशासन केही बोल्न चाहेको छैन् । घटनालाई गोप्य राखिएको छ । अनुसन्धानपछि मात्रै सत्यतथ्य बाहिर आउने डिएसपी राजकुमार केसीले जानकारी दिनुभयो ।