७ कार्तिक २०८३, शनिबार

फिनिक्स डिस्टिलरीले ह्विस्कीका नयाँ ब्रान्डहरू नेपालमा उत्पादन

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० असोज । सरकारले नयाँ मदिरा उद्योगको अनुमति दिएपछि अहिले मुलुकमा धमाधम नयाँ मदिराका ब्रान्डहरू बजारमा आइरहेका छन्  ।

स्वदेशी ब्रान्डले नै उपभोक्ताको चाहना बमोजिमको गुणस्तर र स्वाद पस्किन थालिसकेपछि विदेशी रक्सीका ब्रान्डहरू विस्थापनको तयारीमा छन् ।

यहि कारणले नेपाली मदिरा बजारमा अत्यधिक प्रतिस्पर्धा पनि बढ्दै गएको छ । नेपालमा ह्विस्की, बियर, वाइन, रम, भोड्का, जिनलगायत सबै प्रकारको मदिरा उत्पादन हुँदै आएका छन् ।

यसका साथै नेपालमा विभिन्न कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरका महँगा रक्सिका ब्रान्डहरू उत्पादन गर्दै आइरहेका छन् ।

करोडौं लगानी गरेर स्वदेशी ब्रान्डलाई अन्तर्राष्ट्रियस्तरको बनाउन कम्पनीहरूले नयाँ मदिराको उत्पादन सुरु गरेका हुन् ।

हाल एउटा कम्पनीले एकपछि अर्को मदिराको ब्रान्ड बजारमा ल्याएको छ । हेटौडास्थित फिनिक्स डिस्टिलरीले प्रालिले हालसम्म नेपालकै उत्कृष्ट ह्विस्की उत्पादन गरिरहेको छ ।

यो ह्विस्की बजारमा अत्यधिक माग बढेको छ ।कम्पनीका अनुसार कै अर्को ब्रान्ड रातो बोतलमा नयाँ उत्पादन अघिल्लो हप्ता बजारमा गएको छ ।

यी दुवै ह्विस्की अन्तर्राष्ट्रियस्तरको भएको उत्पादन हुन् । हालमा बजारमा बिस्तारै यसको माग बढ्दै आएको कम्पनीले बताएको छ ।