
काठमाडौँ, १९ असोज । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने भएको छ ।
मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बताइएको छ ।
ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका थिए ।
यसअघि उनलाई अर्थ मन्त्रालयले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै ढुंगानालाई बर्खास्त गरिएको बुझिएको छ ।















प्रतिक्रिया