
काठमाडौँ, १९ असोज । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको बैठकले सो रोजगार अनुमति प्रणाली सञ्चालन तथा व्यवस्थापन पहिलो संशोधन निर्देशिका २०७८ लाई स्वीकृत गर्ने निर्णय गरेको हो ।
त्यस्तै, सरकारले नेपाल प्रशासन सेवा तर्फको राजपत्रांकित विशिष्ट श्रेणी पदमा सहसचिव रविलाल पन्तलाई बढुवा गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, सरकारका प्रवक्ता एवम् कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वैदेशिक रोजगार न्यायाधीकरणको रिक्त सदस्यमा सहन्यायाधिवक्ता डा. गोपिचन्द्र भट्टराईलाई तोक्ने निर्णय गरेको जानकारी दिए ।
कार्कीका अनुसार बैठकले ऋण असुली न्यायीकरणको रिक्त कानून सदस्य पदमा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव विष्णुप्रसाद रेग्मीलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, सरकारले विद्युतिय राहदानी बुकलेटमा उल्लेख हुने सुरक्षा विशेषताहरु सेक्युरिटी फिचर्स स्वीकृत गर्ने लगायतको निर्णय पनि गरेको छ ।
त्यस्तै, असोज २४ गतेदेखि २८ गतेसम्म परराष्ट्रमन्त्रीको नेतृत्वमा असंलग्न आन्दोलनको कोमेमोरेटिभ उच्चस्तरीय बैठकमा सहभागी हुने नेपाली प्रतिनिधि मण्डलको गठन गर्ने पनि निर्णय गरेको छ ।












प्रतिक्रिया