
काठमाडौँ, १९ असोज । प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधपछि बैठक असोज २२ गते शुक्रबार बस्नेगरी स्थगित भएको हो ।
बैठकमा एमालेको अवरोधका बाबजुद सरकारले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन २०७६÷०७७ पेश गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिवेदन पेश गरेका थिए ।
एमालेले पार्टीले कारवाही गरेका १४ जना सांसदहरुलाई पदमुक्त नगरेकोमा संसद अवरुद्ध गर्दै आएको छ ।












प्रतिक्रिया