
काठमाडौँ, १९ असोज । नयाँ बसपार्कमास्थित कान्तिपुर मलले दशैँ, तिहार र छ्ठ पर्वको अवसरमा उपहार योजना ल्याएको छ ।
अब कान्तिपुर मलमा रु. १००० भन्दा माथिको खरिद गर्ने ग्रँहकहरुले एउटा उपहार कुपन सित्तैमा प्राप्त गर्ने अवसर ल्याएको हो ।
उपहार योजना अन्तर्गत मंसिर १ गते कान्तिपुर मलमा ग्राहकको उपस्थितिमा पुरस्कार घोषणा हुनेछ ।
उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यमहा मोटरसाइकल दोश्रो पुरस्कार १२५ सिसिको यमहा स्कुटर, तेश्रो पुरस्कार मेमाको ४२ को टेलिभिजन ,चौथो पुरस्कार भिडियोकनको १९० लिटरको फ्रिज र अन्य सान्त्वना पुरस्कार राखिएका छ्न् ।
यसैगरी, कान्तिपुर मलले टिकटक प्रतिष्पर्धा पनि आयोजना गरेको छ।जस अन्तर्गत कान्तिपुर मलमा आएर टिकटक बनाउने टिकटकर मध्य बाट उत्कृष्ट १० जनालाई विशेष पुरस्कार (गिफ्ट ह्यम्पर) प्रदान गरिने कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले बताए ।
टिकटक प्रतिस्पर्धामा भाग लिन चाहनेले भने कान्तिपुर मलको मुल भागमा राखिएको पुरस्कार अगाडी बसेर टिकटक बनाउनुपर्ने हुन्छ साथै आफ्नो टिकटक आईडी त्यहाँ रहेको खातामा टिपाउनु पर्ने हुन्छ ।
कान्तिपुर मलमा आउने ग्राहकले सुपथ मुल्यमा गुणस्तरीय सामान प्राप्त गर्ने व्यापारी राजु खड्काले बताए ।
कान्तिपुर मलमा वित्तिय संस्था, सैलुन,गुदपाक,लत्ताकपडा,ईलेक्ट्रोनिक्स आईटम,रेस्टुरेन्ट लगायतका सेवासुबिधा रहेको कान्तिपुर मल व्यापार संघका अध्यक्ष जित बहादुर कटुवालले जानाकारी दिए ।















प्रतिक्रिया