काठमाडौँ, २८ चैत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले तीन पटकको क्रान्तिको नेतृत्व गरेको दलले आवेस र उत्तेजनामा नआई सबैलाई मिलाएर संविधान निर्माण गर्नुपर्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस गोकर्णेश्वर नगरपालिका–१६ ले आज जोरपाटी आरुबारीमा आयोजना गरेको नयाँ वर्ष २०७२ को शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रमलाई सम्बोधन गर्दै नेता केसीले सो कुरा बताउनुभएको हो ।
“फरक पृष्ठभूमि र समयमा भएका क्रान्तिको नेतृत्व गरेको काँग्रेसले आवेस, उत्तेजना र भावनामा नबगी लामो अनुभवका आधारमा लोकतान्त्रिक संविधान निर्माण गर्न लागिपरेको छ”–उहाँले भन्नुभयो, “सके सहमति र नसके आवेस र उत्तेजनाबिना लोकतान्त्रिक विधिअनुुसार संविधान निर्माण गर्नुपर्छ ।”















प्रतिक्रिया