४ कार्तिक २०८३, बुधबार

बागलुङ उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न, मतगणना भोली विहानदेखि सुरु गरिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baglung-2काठमाडौं, २८ चैत । निर्वाचन अयोगले बागलुङ क्षेत्र नं १ को मा आज भएको संविधानसभा सदस्य उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जनाएको छ ।

बिहान ७ बजे सुरु भई साँझ ५ बजे सम्पन्न भएको सो मतदानमा करिब ७० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको छ ।

सो क्षेत्रमा कुल ५२ हजार २०२ मतदाता थिए । आयोगका सहसचिव एवम् प्रवक्ता सूर्यप्रसाद शर्माले विज्ञप्ति जारी गरी मतदान सम्पन्न भएलगत्तै सबै मतदान केन्द्रबाट मतदान उपकरण ल्याउने तयारी भइरहेको जनाउनुभएको छ ।

सबै मतदान केन्द्रबाट मतदान उपकरण सदरमुकाम ल्याइसकेपछि राजनीतिक दलको सहमतिमा तत्काल मतगणना सुरु गरिने बताइएको छ । बागलुङ सहकर्मी रबिना बोहराका अनुसार मतगणना आइतबार विहानबाट मात्रै सुरु हुने जानकारी दिनुभएको छ ।