८ कार्तिक २०८३, आइतबार

पोखरामा गाँजासहित घर्ती पक्राउ

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १८ असोज । पोखरा महानगरपालिका–३० पावर हाउस चोकबाट करिब १ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् ।

सोही महानगरपालिका–८ बस्ने पाल्पा माछागढी गाउँपालिका–१ घर भएका २१ वर्षीय अजय घर्ती मगरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.१ ख ९७१५ नम्बरको बसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।