७ कार्तिक २०८३, शनिबार

एनसेलले ज्येष्ठ नागरिकका लागि ल्यायो बन्डल अफर

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले ज्येष्ठ नागरिकका लागि बन्डल अफरहरूसहितको आकर्षक निःशुल्क सिम योजना सञ्चालनमा ल्याएको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस २०२१ को अवसरमा हिजो शुक्रवारदेखि सञ्चालनमा ल्याइएको यस योजनाअन्तर्गत ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूले एनसेलको सिम निःशुल्क लिन सक्ने र साथै ५० रुपैयाँ वा त्योभन्दा बढीको हरेक रिचार्जमा ६ महिनासम्म बोनसका रूपमा पाइने सेवा, सुविधाहरूको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।

यो योजनाअन्तर्गत पहिलो ५० रुपैयाँ वा त्योभन्दा बढीको रिचार्जमा ज्येष्ठ नागरिकले १०० एमबी डाटा र १०० वटा अन नेट एसएमएस बोनस पाउँछन् ।

त्यस्तै पहिलो रिचार्जपछि त्यस सिमबाट ज्येष्ठ नागरिकले ६ महिनासम्म विशेष छुटसहितको शुल्कमा भ्वाइस, डाटा र भारत कल सेवा लिन सक्छन् ।

ग्राहकले विशेष छुट अन्तर्गत १ रुपैयाँ प्रति मिनेटमा भ्वाइस सेवा, एक रुपैयाँ प्रति एमबीमा डाटा सेवा र एक रुपैयाँ ९९ पैसा प्रति मिनेटमा भारतमा कल गर्न सक्ने कम्पनीले जनाएको छ ।

यसका साथै यसै योजनाअन्तर्गत रिचार्जमा पनि बोनसको सुविधा रहेको छ । ५० देखि ९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले सात दिनको समयसीमा रहेको २०० एमबी डाटा बोनस स्वरूप प्राप्त गर्दछन् ।

त्यस्तै १०० देखि १९९ रुपैयाँसम्म रिचार्ज गर्ने ग्राहकले बोनसबापत ५०० एमबी डाटा पाउँछन् । २०० वा त्योभन्दा बढी रिचार्ज गर्ने ग्राहकले १ जीबी डाटा बोनस स्वरूप प्राप्त गर्नेछन् ।

ज्येष्ठ नागरिकले आफ्नो नजिकैको एनसेल सेन्टरमा पासपोर्ट साइजको फोटो र नागरिकता लिएर गइ सजिलै यो सिम कार्ड लिइ सेवा, सुविधाको लाभ लिन सक्छन् । यो योजना असोज २२ गतेसम्म सञ्चालनमा रहने एनसेलले जनाएको छ ।