८ कार्तिक २०८३, आइतबार

तीन वटा प्रस्ताव पारित गर्दै एमालेको प्रथम विधान महाधिवेशन सम्पन्न

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेकपा एमालेको प्रथम विधान महाधिवेशन सकिएको छ ।

महाधिवेशनले तीन वटा प्रस्ताव पारित गरेको छ । साथै आगामी मंसिरमा पार्टीको दशौँ महाधिवेशन गर्ने घोषणाका साथ विधान महाधिवेशन समापन भएको हो ।

अध्यक्ष केपी शर्मा ओलीले अन्त्यमा ‘एमाले एकता अमर रहोस्, अमर सहिद लाल सलाम, नेकपा एमाले जिन्दावाद’, भन्ने नारा लगाएका थिए ।

शुक्रबारदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु भएको महाधिवेशनमा आइतबार राजनीतिक, सांगठनिक र विधान संशोधन प्रतिवेदन पारित गर्दै समापन भएको हो । त्यस क्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा लाग्न निर्देशन पनि दिएका थिए ।

ओलीले भने, ‘आगामी निर्वाचनबाट एमालेको बहुमतको सरकार बनाउनुपर्छ । स्थानीय तहमा पनि बहुमत ल्याउनुपर्छ । प्रदेश र संघमा पनि हामी बहुमतसहित सरकारमा फर्किनुपर्छ ।’

त्यसअघि महाधिवेशनमा पेश भएका तीनवटै प्रस्तावमाथि १० समूहमा प्रतिनिधिहरूले छलफल भएको थियो ।

त्यस्तै, विधान महाधिवेशनमा पार्टीको निर्वाचन आयोग पनि गठन गरिएको छ । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए ।

अध्यक्ष ओलीले समापन कार्यक्रमलाई सम्बोधन गर्दै सहभागी प्रतिनिधिहरूलाई धन्यवाद दिँदै अत्यन्तै सफलतापूर्वक र सानदार ढंगले महाधिवेशन सम्पन्न भएकोमा खुशी व्यक्त गरे ।