१९ कार्तिक २०८३, बिहिबार

एमाले कसैले हल्लाउन नसक्ने बनाएर मात्रै छोड्छुः अध्यक्ष ओली

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई कसैले हल्लाउन नसक्ने बनाएर मात्रै आफूले छोड्ने बताएका छन् ।

आइतबार पार्टीको विधान महाधिवेशनको समापन समारोहमा सम्बोधन गर्दे ओलीले यस्तो बताएका हुन् ।

विधान महाधिवेशनमा उठेका प्रश्नहरुको जवाफ दिँदै उनले भने, ‘हाम्रा विरोधीहरु अहिले दुईवटा कुराले अत्यन्त चिन्तित छन् ।’ ओलीले थपे, ‘एउटा म बाँचिरहेकाले चिन्तित छन् । यो बिमारी हुन्छ, अप्रेशन गर्छ, फेरि के गर्छ ? मेनेन्जाइटिस हुन्छ फेरि बाँच्छ । बिमारी भयो अब त होला कि भन्यो फेरि बाँच्छ ।’

त्यस्तै, उनले भने, ‘अर्को कुरा कार्यकर्ताले जनताले असाध्यै धेरै माया गर्छन् । त्यसले एमालेलाई फाइदा पुग्छ । जनता गोलबन्द हुन्छन्, त्यसकारण चिन्तित छन् ।’

‘एउटा हल्ला चलाएका छन् । भन्ने गर्छन्– नेकपा एमालेमा बोल्नै पाइँदैन । उनीहरुले के खोजेका छन्, सोचेका छन् भने यहाँ बहुत झगडा भैदिए हुन्थ्यो, मारामार भैदिए हुन्थ्यो । कोही नेता स्थापित हुन नपाए हुन्थ्यो । सब खुइलिए हुन्थ्यो । सबैलाई खुइल्याउन पाए हुन्थ्यो’ उनले भने ।

‘अनि उनीहरु देवत्वकरण कुरा उठाउँछन् । हामी कसैलाई देवता मान्दैनौ देवत्वकरण गर्दैनौ, तर लिडरसिप हुन्छ, लिडरसीपका वरिपरि पार्टी एकीकृत हुन्छ’ उनले आलोचकहरुलाई जवाफ दिए ।

‘पुष्पलालले अघि सारेका विचार वरिपरि हामी आजसम्म गोलबन्द भएका छेनौ ? कार्ल मार्क्सले अघि सारेका दर्शन सिद्धान्त वरिपरि गोलबन्द भएका छैनौ । लेनिनका वरिपरि सिंगै रुस गोलबन्द भएन ? माओका वरिपरि चीन गोलबन्द भएर क्रान्ति सम्पन्न गरेनन् ?’ ओली उदाहरण दिए ।