
काठमाडौँ, १७ असोज । नेकपा एमालेले पार्टीको आधिकारिक लोगो परिवर्तन गरेको छ ।
शुक्रबारदेखि ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनले नयाँ लोगो पारित गरेको हो ।
उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावमा नयाँ लोगो प्रस्ताव गरेका थिए । एमालेको अवको लोगो सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहनेछ ।
महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले उक्त लागो ताली बजाएर पारित गरेका थिए ।












प्रतिक्रिया