१९ कार्तिक २०८३, बिहिबार

हामी व्यक्ति पूजक होइनौः अध्यक्ष ओली

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू व्यक्ति पूजक नभएको बताएका छन् ।

आइतबार विधान महाधिवेशनको समापन सत्रमा छलफलमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आफूहरु व्यक्ति पूजक नभएको र कमिटी र प्रणालीगत कुरालाई परीक्षण गरेर अघि बढ्ने बताए ।

‘हामी व्यक्ति पूजक होइनौ, कमिटी प्रणाली, सामुहिक नेतृत्व, अध्ययन र परीक्षण गर्छौ’, ओलीले भने, वार्वरिकले महाभारत युद्धमा कृष्णको चक्र चलाएको जस्तो नहुने भन्दै साझा प्रयासबाट देशमा परिवर्तन ल्याउन सक्ने बताए । ‘यो कुरा नेकपा एमालेले बाहेक अरुले बुझेका छैनन्’, ओलीले भने, ‘नेतृत्वको वरिपरि आन्दोलन गोलबन्द भएको भन्ने कुरा साँचो होइन । ’

आफूहरुमाथि चौतर्फी हमला भएको बताउँदै उनले भने, ‘एमालेको महाधिवेशनमा ब्यानर, तामझाम देखियो रे ! हामीविरुद्धको हमलाको विभिन्न रुप हो,’ उनले भने । ठुलो पार्टीका गतिविधि पनि ठुलै हुने उनले बताए ।

आफू पहिलो पटक प्रधानमन्त्री बन्दा देखि नै हमला ओलीको भनाइ छ । ‘मेरो नेतृत्वमा सरकारले नाकाबन्दीको डटेर मुकाबला ग–यो । उत्तरतिर व्यापार र पारवहन सम्झौता भयो,’ उनले भने, ‘त्यतिबेला खुइल्याउने कोसिस भए ।’

हाम्रा विरोधी को हुन् भनेर शास्त्र पढिरहन नपर्ने पनि उनले बताए । उनले भने, ‘जो छाडेर गए उनीहरू विरोधी र जो अहिले पनि यहाँ छन्, उनीहरू सप्रिएका हुन् भनेर बुझ्न गाह्रो छैन ।’

त्यस्तै, उनले आफूहरु अरुलाई अपजस लगाएर उम्किने प्रयास नगर्ने पनि बताए ।