१९ कार्तिक २०८३, बिहिबार

लेखीसहित ५५ जनाको समूह एमाले प्रवेश

770
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १७ असोज । लोकतान्त्रिक समाजवादी पार्टी छोडेर राजकुमार लेखी एमाले प्रवेश गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष समेत रहेका लेखीसहित ५५ जनाको समूह एमाले प्रवेश गरेको हो ।

आइतबार ललितपुरको गोदावरीस्थित सनराईज सम्मेलन केन्द्रमा जारी एमाले विधान महाधिवेशनको बीच भव्य समारोहमा लेखीलाई अध्यक्ष ओलीले टीका लगाएर एमाले प्रवेश गराएका हुन् ।

शुक्रबार लेखीले लोकतान्त्रिक समाजवादी पार्टीबाट राजीनामा दिएका थिए ।