
काठमाडौँ, १६ असोज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी निर्वाचनमा नेकपा एमालेसँग डराएका छन् ।
शनिबार ललितपुरमा आयोजित एक प्रशिक्षण कार्यक्रममा प्रचण्डले निर्वाचनमा एमालेलाई प्रतिवाद गरेर मात्रै अघि बढ्न सकिने बताएका हुन् ।
अध्यक्ष दाहालले एमाले नेता, कार्यकर्ताको प्रतिवाद नगरी आगामी निर्वाचन जित्न नसकिने निष्कर्ष समेत सुनाए । एमालेलाई गणतन्त्र विरोधीको संज्ञा दिने गरेका प्रचण्डले आफूहरुले चुनाव जित्न एमाले बाधक हुने संकेत गरेका हुन् ।
माओवादी केन्द्र र अध्यक्ष प्रचण्डको काम कर्तव्य जनमुखी हुन नसकेको उनीसँगै रहेकाहरु भन्न थालेका छन् । जसले गर्दा आफ्नो पार्टीको अस्तित्व के हुने हो भन्नेमा प्रचण्ड चिन्तित रहेको देख्न सकिन्छ ।












प्रतिक्रिया