मुम्बई । भारतीय नायिका नरगिस फखरी सन् २०११ मा रिलिज भएको फिल्म ‘रकस्टार’ पछि चर्चामा आइन् । त्यसलगत्तै उनले ‘किक’, ‘हाउसफूल–३’ र अन्य सफल फिल्ममा पनि अभिनय गरिन् ।
बलिउडमा भर्खरै आफ्नो करियर सुरु गरेको बेला उनी र ‘धुम’ फिल्मका अभिनेता उदय चोपडाबीचको प्रेम सम्बन्धबारे हल्ला फैलिएको थियो र नरगिसले पटक–पटक त्यसलाई अस्वीकार गरेकी थिइन् ।
उनले उदयसँगको सम्बन्धबारे खुलेर बोलेकी छन् । सन् २०१४ देखि नरगिस र उदयको सम्बन्धबारे धेरै हल्ला हुन थालेको हो, त्यसबेला उनीहरू दुवैले सो हल्ला झुटो रहेको बताएका थिए । नरगिसले एक अन्तार्वातामा उदय आफ्नो राम्रो साथीमात्र भएको बताएकी थिइन् । अहिले भने उनले उदयसँग आफू पाँच वर्षदेखि प्रेममा रहेको कुरा सार्वजनिक गरेकी हुन् ।
सात वर्ष अगाडि उदय र नरगिलाई उनीहरुको प्रेम सम्बन्धको हल्लाबारे प्रश्न गर्दा उनले भनेकी थिइन्, ‘उदय र म डेट गरिरहेका छैनौं, तर उनी सधैं मेरो जीवनको हिस्सा हुनेछन्। भारतमा मेरो निकै थोरै साथी छन् र तीमध्ये उदय एक भएकोमा मलाई खुसी लाग्छ ।’
अहिले नरगिस न्यूयोर्क बसाइँ सरेकी छिन् । धेरैले उनको र उदयबीच ब्रेकअप भएको हुन सक्ने अनुमान लगाएका छन् । कोइमोइले भने नरगिसको स्वास्थ्य बिग्रिएपछि उनी न्यूयोर्क गएको जनाएको छ ।















प्रतिक्रिया