काठमाडौं, १६ असोज । कामना सेवा विकास बैंकले ग्राहकहरूको सहजता र सुविधालाई मध्यनजर गरी नेपाल आँखा अस्पतालसँगको सहकार्यमा विश्व दृष्टि दिवसको अवसरमा युनिफोकल रिडिङ ग्लासको सेवा शुरु गरेको छ ।
विश्व स्वास्थ्य संघले तय गरेको “आँखालाई माया गरौं” भन्ने नारालाई आत्मसात् गरी विभिन्न बैंकिङ सेवाहरू लिने क्रममा सहज होस भन्ने उद्देश्यका साथ नजिक तथा टाढा देख्न सक्ने खालको अत्याधुनिक युनिफोकल रिडिङ ग्लासको सेवा शुभारम्भ गरेको बैंकले विज्ञप्तिमार्फत जनाएको छ ।
यो सुविधा सञ्चालनमा ल्याउने कामना सेवा विकास बैंक नेपालको बैंकिङ क्षेत्रकै पहिलो वित्तीय संस्था हो । बैंकका अध्यक्ष सुदीप आचार्य र नेपाल आँखा अस्पतालका अध्यक्ष डा.गोपालप्रसाद पोख्रेलले संयुक्त रुपमा उक्त सुविधाको शुभारम्भ गरेका छन् ।















प्रतिक्रिया